Arhart
Arhart
Couldn't load pickup availability
From the back cover
शैलेन्द्र अधिकारीले आफ्नो चाहनाअनुरूप भगवान बुद्धको जीवनीसँग सम्बन्धित विषय लिएर अर्हत् उपन्यास लेख्नुभएको छ। यो कार्य मेरा लागि मात्र नभएर समग्र साहित्य र संस्कृति प्रेमीहरूका लागि खुशीको कुरा हो। आगामी दिनमा पनि उहाँबाट यस्ता किताब लेखियुन् र पाठकहरू लाभान्वित हुन पाइरहुन्। शुभकामना व्यक्त गर्दछु।
– सङ्घनायक भिक्षु बोधिसेन महास्थविर
संशयको उच्छेदनपूर्वक सम्यक् ज्ञानको उदयको महायात्रा हो अर्हत्। वैयक्तिक, सामाजिक, आर्थिक दुःखहरूको माझमा भयावह दुःख हो भ्रम। भ्रमलाई चिर्न त्यही विषयमित्र छिर्नुपर्छ र त्यसलाई जान्नुपर्छ। जब मानिस भ्रमको कुहिरोबाट सत्याकासमा उद्गमन गर्छ, अनि बन्छ अर्हत्।
अर्हत् सत्यतर्फको, सुखतर्फको, चैतन्यतर्फको, निर्वाणतर्फको, परिवर्तनकारी यात्रा हो। यो आश्रवक्षयको कथा पढेर पाठकहरू अवश्य पनि शान्तचित्त सुखालयमा अन्तः प्रविष्ट हुनेछन्।
– रूपक अलङ्कार
Share

