1
/
of
3
Shree Panch ko Sewama
Shree Panch ko Sewama
Regular price
Rs950.00 NPR
Regular price
Sale price
Rs950.00 NPR
Quantity
Couldn't load pickup availability
Shree Panch ko Sewama
श्री ५ को सेवामा
किताबको बाहिरी पृष्ठबाट
संरक्षण क्षेत्रको नोबेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार विजेता एवम् तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा रही नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र बनाउने अवधारणामा योगदान दिएका व्यक्ति हेमन्त मिश्रको संस्मरणात्मक कृति हो- श्री ५ को सेवामा । \n \nमिश्रको निजी संस्मरण मात्र नभई संरक्षण क्षेत्रमा नेपालको सफलताको विवरण समेटिएको पुस्तक पनि हो यो । चुनौती हुँदाहुँदै पनि कसरी नेपालले प्राकृतिक संरक्षण क्षेत्र कायम गर्न सफल भयो ? र कसरी मानिसको जीविकोपार्जनलाई वातावरणीय संरक्षणसँग जोड्ने अभिनव दृष्टिकोणको नमुना नेपाल बन्यो ? यीमध्ये धेरै प्रश्नको जवाफ श्री ५ को सेवामा पुस्तकमा भेटाउन सकिन्छ | \n \nमिश्रले यस्तो बेला काम गर्ने मौका पाए, जति बेला नेपालमा संरक्षण क्षेत्रको अवधारणाका दिन सुरू भएका थिए । यही बेला विश्वका वैज्ञानिकहरूले यहाँको हिमालय क्षेत्रको अविश्वसनीय जैविक विविधता र यसलाई नेपालका लागि मात्र नभई विश्वकै लागि संरक्षण गर्न आवश्यक छ भनेर बुझ्न थालेका थिए । \n \nमिश्रको पुस्तक तत्कालीन नेपालको एउटा यस्तो रोमाञ्चक यात्रा हो, जहाँ तपाईं भेट्नुहुनेछ, सिकारीदेखि संरक्षणवादी शाह राजाहरूका प्रसङ्ग, काठमाडौं आएका हिप्पी मात्र होइन, हात्ती र बाघका रोचक कथा । अनि भेट्नुहुनेछ, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना गर्दाका तगारोका विवरण पनि । रमाइला पात्र र हाँसउठ्दा किस्साहरूले भरिएको यो पुस्तक अलिकति इतिहास, अलिकति आत्मकथा र अलिकति प्रकृतिको घोषणापत्र हो । \n \nPublication: Fineprint Publication
Share


